24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये ११६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११५ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ४० स्थानमा जित निकाल्दै काग्रेस अग्रस्थानमा रहेको छ भने एमाले २८ स्थानमा विजयी हुँदा नेकपा माओवादी केन्द्र १२ स्थानमा विजयी भएको छ ।

नेकपा एकीकृत समाजवादी १० स्थानमा विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित दर्ता गरेको छ । यसैगरी राप्रपा ४ स्थानमा विजयी भएको छ । नागरिक उन्मुक्ति पार्टी, लोसपा र जसपा २-२ स्थानमा विजयी भएका छन् भने राष्ट्रिय जनमोर्चा, नेमकिपा,जनमत पार्टी १र१ स्थानमा विजयी भएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार ५ ठाउँमा निर्वाचित भएका छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ बाँकी ५० निर्वाचन क्षेत्रहरुको मतगणना जारी रहेको छ । बाँकी रहेका स्थानमा एमालेले १९ स्थानमा, कांग्रेस १२, माओवादी केन्द्रले ६ र जसपा ४ स्थानको मतगणनामा अगाडी छन् । त्यसैगरी राप्रपा तीन, नागरिक उन्मुक्ती एक, लोसपा एक र राष्ट्रिय स्वतन्त्र पार्टी एक स्थानमा अग्रता हासिल गरिरहेका छन् ।

बाँकी ५० स्थानमध्ये बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स