24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मोरङ ३ (१)मा मानबहादुर लिम्बूले गरे मनोनयत दर्ता

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुले मनोनयन दर्ता गरेका छन् । यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई टिकट दिएको थियो ।

उनले समर्थकसहित गएर मनोनयन दर्ता गरेका हुन् । निर्वाचन आयोगले निधन भएर खाली रहेको उम्मेदवारको ठाउँमा नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न कांग्रेसलाई आज १ बजेसम्मको समय दिएको थियो ।

उम्मेदवार लिम्बु नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् । क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो । यो क्षेत्रमा नेकपा एमालेबाट दिलिप राईसहित अब ६ जना उम्मेदवार छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स