24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मतदाता फकाउन खेतमै पुगेर भोट माग्दै उम्मेदवार

बारा  । बारा निर्वाचन क्षेत्र नं ३ कि प्रतिनिधि सभा सदस्य उम्मेदवार ज्वालाकुमारी साहले मतदाताहरूसँग धान काटिरहेका कृषकहरूको खेतको फाँटमै पुगेर मत मागेकी छिन् । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि भएको घरदैलो कार्यक्रममा साहले जितपुरसीमरा उपमहानगर वडा नं १४ मा धान खेतमा पुगेर मत मागेकी हुन् ।

उम्मेदवार साहले बारा निर्वाचन क्षेत्र नं ३ को विकासको लागि आफ्नो उम्मेदवारी भएको बताएकी छिन् । २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट बारा ३ ९क० मा प्रदेशसभा सदस्यमा निर्वाचित साह आसन्न निर्वाचन एमालेबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेकी हुन् । बारा ३ मा पछिल्लो समय एमालेका नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएको विषय अफवाह फैलाउने काम मात्रै भएको भन्दै साहले केही मान्छे चोइटिएर जाँदैमा खास फरक नपर्ने बताएकी छिन् ।

उम्मेदवार साहले राष्ट्रपतिले चालेको कदम महान् भएको बताइन् । ‘राष्ट्रपतिले कदम चाल्नुभएको महानता देखाउनु भएको हो, उहाँले आमाको नामबाट नागरिकता पाउनुपर्छ भन्नुभएको छ, यो मधेसको मात्रै होइन देशैभरका समस्या हो, नेपालमै जन्मेका जन्मसिद्ध नागरिकहरू नागरिकताबाट वञ्चित हुनुहुँदैन’ साहले भनिन् ।

मधेस प्रदेशका ८ वटै जिल्लामा एमाले–जसपा तालमेल हुँदा बारा(३ मा भने एमाले उम्मेदवार साह र जनता समाजवादी पार्टीका मधेशप्रदेश इन्चार्ज उम्मेदवार रामबाबु यादवबीच नै प्रतिस्पर्धा हुँदैछ । यता सत्ता गठबन्धनको तर्फबाट भने लालबाबु सिंह उम्मेदवार बनेका छन् । एमाले उम्मेदवार साहले आफू बलियो उम्मेदवार भएकोले जसपा सँग तालमेल नगरेको बताएकी छिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स