26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

झन्डै ८० हजार अग्रिम टिकट बुक, दैनिक १० हजारका दरले बुकिङ

काठमाडौं । कोभिड १९ को कारणले अधिकांश नेपाली जनता दुई वर्ष मन खुलेर दसैँ मनाउन आफ्नो घर फर्किन पाएनन्। अहिले कोभिड १९ को सन्त्रास पनि कम भएकाले विगतको वर्षमा भन्दा यो वर्ष दसैँ मनाउन आफ्नो थातथलो फर्कनेहरूको संख्या बढ्ने अनुमान गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले विगत दुई वर्ष कोभिड १९ को कारणले सर्वसाधारण खुलेर दसैँ मनाउन उपत्यका बाहिर नगएकाले पनि यो वर्ष धेरै सर्वसाधारण जान सक्ने बताउँछन् ।

‘गत वर्षमा करिब ५ देखि ७ लाख मात्रै यात्रुहरू दसैँ लगायतका चाडपर्व मनाउन उपत्यका बाहिर गएका थिए,’ उनले भने– ‘यो वर्ष कोभिड १९ को प्रभाव खासै नभएकाले पनि करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेका छौं ।’

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार अहिले काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ५२ हजार र काठमाडौं भित्रिने यात्रुको संख्या ४५ हजार रहेको छ। फूलपातीको दिनदेखि उपत्यकामा भित्रिने यात्रुको भन्दा बाहिरिनेको संख्या ह्वात्तै वृद्धि हुने छ।

असोज ८ गतेसम्म ६८ हजार यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेका छन् । अहिले नयाँ बसपार्कमा दैनिक १० हजारभन्दा धेरै यात्रुले अग्रिम टिकट बुकिङ गर्दै आइरहेका छन्

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स