26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

तातोपानी सुख्खा बन्दरगाह सञ्चालन गर्ने जिम्मा निजी कम्पनीलाई

काठमाडौं । तातोपानी सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी कम्पनीले पाएको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सिन्धुपाल्चोकको लार्चामा निर्माण भएको बन्दरगाह आउँदो सोमबारदेखि निजी कम्पनीले सञ्चालन गर्ने छ।

चिनियाँ पक्षले निर्माण सम्पन्न गरेर २०७६ असार १३ गते नेपाल इन्टरमोडल यातायात विकास समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो । हस्तान्तरण भएपश्चात केही समय समितिबाट सञ्चालन तथा व्यवस्थापन भयो। २०७६ पुस १६ गतेदेखि नेपाल सरकारको स्वामित्व भएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको थियो।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले विराटनगरको ट्रान्स सिल्क टर्मिनल प्रालिलाई पाँच वर्षका लागि व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको बताए। समितिले ११ करोड ७० लाख रुपैयाँमा उक्त कम्पनीलाई व्यवस्थापनको जिम्मा दिएको हो। समिति र कम्पनीबीच २०७९ भदौ २९ गते करार सम्झौता भएको हो। कम्पनीले सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको काम गर्ने र समितिले अनुगमन र नियमन गर्ने उनले बताए।

उक्त बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापनका लागि टर्मिनल मेनेजमेन्ट कम्पनी छनौट गर्न समितिले अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेको थियो। जसमा तीन कम्पनीले सहभागिता जनाएका थिए।

कम्पनीले करार सम्झौतामा तोकिएका मापदण्डअनुसार व्यवस्थित तवरमा सञ्चालन गर्ने समितिले जनाएको छ। निजी क्षेत्रको विज्ञता प्रयोग गरी सुक्खा बन्दरगाहरएकीकृत जाँच चौकीको सञ्चालन तथा व्यवस्थापन सार्वजनिक निजी क्षेत्रको सहकार्यमा हुने गरेको छ।

निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन भएपछि बन्दरगाहमार्फत हुने व्यापार चुस्त, छिटो छरितो र किफायती हुने समितिले विस्वास लिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स