29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मापदण्ड बिपरितको मञ्जुश्री पेट्रोल पम्पमा ललितपुर महानरको सिल

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ । पम्प सञ्चालकले सार्वजनिक जग्गामा लामो समयदेखि सो पेट्रोल पम्प सञ्चालन गर्दैआएको र हटाउन पटक–पटक पत्र लेख्दा पनि अटेर गरेकाले पम्प सिल गर्नुपरेको महानगर प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।

महानगर प्रमुख महर्जनले सो पम्पबारे महानगरको बैठकमा पटक–पटक कुरा उठ्नेगरेको बताउनुभयो । उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “यो सार्वजनिक जग्गा हो । पहिला ४० देखि ४२ सालमा पञ्चायतकालमा कसरी मिलाइयो । महानगरले बैठक राखेर धेरै पटक पत्र काटिसक्यो । अहिलेसम्म कार्यान्वयन नगरेकाले बाध्य भयौं ।”

पेट्रोल पम्प सिल गर्न अहिलेसम्म विधि नपुगेकाले सबै विधि पुर्‍याएर सो काम गरिएको उहाँको भनाई छ । “हाम्रो कार्यकालमा कोहीसँग पनि केही सम्झौता भएको छैन । विधिसंगत ढङ्गले काम गर्‍यौं । यो सँगैको घर पनि अवैध हुन् । मैले आजको दिनलाई प्रस्थान बिन्दुको रुपमा लिएको छु” थप्नुभयो, “अन्य अवैध संरचनाहरु पनि आगामी दिनमा खाली गर्दै लगिने छ ।”

कानुनी शासन भएकाले अदालतको मानहानी नगरी अवैध संरचना बनाउनेहरुको हौसला नबढ्नेगरी यसखाले कामलाई अघि बढाइने प्रमुख महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “चार वर्षको दौरानमा धेरै पत्राचार गर्‍यौं, नमानेपछि अन्ततः सिलबन्दी गरेपछि उहाँको व्यापार चौपट भयो नि ।”

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स