24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कर्णालीमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह आचार्य र जलस्रोत तथा उर्जा मन्त्रीमा रातो कामीलाई प्रदेश प्रमुख तिलक परियारले सोमबार पद तथा गोपनियताको शपथ खुवाएका छन्।

नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुलाई पठाउने निर्णय गरेपछि उनीहरुलाई दलको सिफारिसअनुसार मुख्यमन्त्री जीवनबहादुर शाहीले नियुक्ति गरेका थिए। माओवादी केन्द्रको संसदीय दलको निर्णयका आधारमा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा मन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिएपछि आचार्य र कामीलाई मन्त्रीको बटो खुलेको हो।

माओवादी केन्द्रको साउन २६ गतेको बैठकले विष्ट र सिंहलाई फिर्ता बोलाएर शाह र कामीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो। पार्टी र दलको निर्देशन अनुसार विष्ट र सिंहले राजीनामा दिएका थिए। विष्ट २०७८ मंसिर १४ गते मन्त्री नियुक्त भएका थिए भने सिंह माघ २३ गते मन्त्री नियुक्त भएका थिए।

स्रोतका अनुसार पार्टी नेतृत्वले प्रत्यक्षतर्फ टिकट दिने प्रतिवद्धता जनाएपछि उनीहरु राजीनामा दिन राजी भएका थिए। ‘संसदय दलको बैठकले साउन २६ गते नै निर्णय गरेपनि प्रत्यक्षतर्फ टिकट पाउने ग्यारेन्टी नहुँदासम्म विष्ट र सिंहले राजीनामा नदिने अडान लिनुभएको थियो,’ माओवादीका एक सांसदले भने, ‘पार्टी अध्यक्ष प्रचण्डले नै पहिले जितेकै क्षेत्रबाट टिकट दिने आश्वासन दिएपछि मात्रै उहाँहरुले ढिलो गरेर राजीनामा दिनुभएको हो।’

अहिले मन्त्री बनेकाहरु भने सांसद बन्न पाउने छैनन्। कामी रुकुम पश्चिमबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् भने आचार्य जाजरकोटबाट समानुपातिक सांसद हुन्। ‘फेरि सांसद भएर मन्त्री हुन नपाउने अवस्था भएकाले पालो पुर्‍याउन प्रत्यक्षतर्फ निर्वाचन लड्नेहरुलाई राजीनामा दिएर उहाँहरुलाई मन्त्री बनाइएको हो’, ति माओवादी सांसदले भने, ‘केही महिनाका लागि भएपनि माओवादी केन्द्रका हामी सबै सांसदहरु मन्त्री बन्न सफल भएका हौं।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स