26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

देशभर थप २०५ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु, ४ सय ३६ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७४७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ९९५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय जना र २ हजार ७५२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १८ हजार १८४ पुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ३६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०४ हजार ५४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ७४७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५४ लाख ०४ हजार ८८४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स