24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आजदेखि

काठमाडौं । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बुधबार (आज) देखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिनमै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामाको मागलाई चर्काउने रणनीति बनाएका छन् ।

दुई दिनअघि सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचन परिणामले सरकारले बहुमत गुमाइसकेकाले प्रमाणित भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने विपक्षीको तर्क छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले मुख्यमन्त्रीविरुद्ध गत वैशाख २६ गते प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावबारे पनि विपक्षी गठवन्धनले आवाज उठाउने बताए । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बुधवारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेदेखि दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने गरी कार्यसूची तय भएको बताए । तर, विपक्षी दलका नेताहरुले शुभकामना मन्तव्यमै समग्र राजनीतिक घट्नाक्रम, कोभिड महामारीदेखि मुख्यमन्त्रीको राजीनामा माग र विश्वासको मतको विषय नै मुख्य रूपमा उठाइने जनता समाजवादी पार्टीकी प्रमुख सचेतक पुरमति ढेंगामगरले बताइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स