26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अबदेखि गाउँपालिकामा पनि उपसचिव

काठमाडौँ । अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ । अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् । हानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्य जिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अहिले महानगरपालिका तथा उपमहानगरपालिकामा सहसचिव र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रूपमा जिम्मेवारी बहन गरिरहेका छन्। सरकारले तीन वर्ष अगाडि नै गाउँपालिकामा उपसचिवस्तरको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने तयारी गरे पनि कर्मचारी र राजनीतिक नेतृत्वबीच सहमति हुन नसक्दा कार्यान्वयन हुन सकेको थिएन l

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स