26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

स्वास्थ्यकर्मीलाई आठ घण्टाभन्दा बढी काममा नलगाउन आग्रह

काठमाडौँ । चिकित्सकलाई दैनिक ८ घण्टा भन्दाबढी काममा नलगाउन आग्रह गरिएको छ । राष्ट्रिय समावेशी आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा नलगाउन आग्रह गरेको हो ।

नेपालका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई चिकित्सक, प्यारामेडिकल तथा नर्सिङ स्टाफको कार्य समय श्रम ऐन, २०७४ ले तोकेको भन्दा धेरै देखिएकाले प्रतिदिन ८ घण्टा र एक हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन आयोगले भनेको छ ।

अध्ययनका क्रममा कतिपय अस्पतालहरुमा अतिरिक्त २४ घण्टासम्म र केहीमा ३६ घण्टासम्म पनि कार्य तोकिएको पाइएकाले यस सम्बन्धमा राष्ट्रिय समावेशी आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कुनैपनि स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मीहरुलाई श्रम ऐन, २०७४ को दफा २८ बमोजिम प्रतिदिन ४ घण्टा तथा हप्तामा २४ घण्टाभन्दा बढी अतिरिक्त समय काममा लगाउन नपाइने उल्लेख गरिएको छ ।

सो ऐनको दफा ३१ बमोजिम अतिरिक्त समय काममा लगाइए तोकिए बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स