26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अक्टोबरसम्म ७० हजार मेट्रिकटन रासायनिक मल नेपाल आइसक्ने

काठमाडौँ । प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा छलफल गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा छलफल गरेको हो ।

छलफलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले अक्टोबरसम्म ७० हजार मेट्रिकटन रासायनिक मल नेपाल आइसक्ने बताउनुभयो । उहाँले रासायनिक मलको मूल्य धेरै बढिरहेकोले सरकारले निकासा गरेको बजेटअनुसार आवश्यक मल खरिद गर्न नसकिने जानकारि दिनुभयो । भारतसँग मल खरिदसम्बन्धी गरिएको सम्झौता अनुसार मल आयात भए मलको संकट कम हुने सचिव आचार्यको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ नाकाको समस्याले मल खरिद गर्न समस्या परिरहेका छ, हामीलाई प्राप्त पछिल्लो जानकारीअनुसार युरिया १० हजार मेट्रिकटन २० सेप्टेम्बरमा आउँदैछ भने सेप्टेम्बरको अन्तिमसम्ममा डिएपी ५ हजार मेट्रिकटन उत्तरी नाकाबाट आउँदैछ, २० हजार मेट्रिकटन युरिया आउने क्रममा छ ।

त्यस्तै २५ हजार मेट्रिकटन १५ अक्टोबरमा आउनेछ, योसहित ७० हजार मेट्रिकटन मल अक्टोबरसम्म नेपालमा आउने अवस्थामा छ । उहाँका अनुसार पछिल्लो बजेटबाट ३ लाख मेट्रिकटन मल किन्ने भनिएको छ । अहिले मलको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि बढिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स