16.1 C
Kathmandu
Friday, April 12, 2024
spot_img

ईन्भेष्टमेन्ट बैंकले ईटालीमा २ अर्बको मुद्दा जित्यो

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

नेपाल इन्भेस्टमेन्ट बैंकले १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको छ । बैंकले इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेको हो ।

मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन इटालीको बैंकसँग दाबी गर्नेछ । यसबाट बैंकको वासलात थप सुदृढ र बलियो हुनेछ ।

तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई–कमेन्टिस्टी (सीएमसी) ले कार्य सम्पादनका लागि ग्यारेन्टी दिएको थियो । तर, कम्पनीले भनेअनुसार काम गरिरहेको थिएन । कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी गरेको थियो ।

उति नै बेला इन्भेस्टमेन्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो । सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो । अदालतको एकल इजलाजले सुरुमा बैंकलाई हराएपछि बैंकले पुनरावेदन गरेको थियो । राजधानी दैनिकमा समाचार छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स