10.1 C
Kathmandu
Saturday, February 24, 2024
spot_img

लक्ष्मी लघुवित्तको ब्यवस्थापन सम्मेलन–२०७८ सम्पन्न

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चितवनको सौराहामाव्यवस्थापन सम्मेलन २०७८ सफलतापूर्वक सम्पन्न गरेको छ । मंसिर २२ देखि २४ गतेसम्म भएको उक्त सम्मेलनमा ब्यवस्थापन समूह र शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो । सम्मेलनले वर्तमान परिवेशको शुक्ष्मविश्लेषण गर्दै आवश्यक रणनीति तय गरेको थियो ।

संस्थाका प्रमुखकार्यकारी अधिकृत श्री प्रकाश राज शर्माले उक्त कार्यक्रमको उदघाटन गर्दैे वित्तीय सुशासन,कारोवारमा पारदर्शीता,आन्तरीक श्रोत परिचालन, सेवाप्रवाहमा प्रविधिको प्रयोगसहितको ग्राहकको चाहना अनुसारको सेवा आजको आवश्यकता रहेको विषयमा प्रकाश पार्नु भएको थियो । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृतद्धारा शाखा प्रबन्धकहरुलाई ट्यावलेट हस्तान्तरण गर्दै सम्पूर्ण शाखाबाट ट्यावलेट बैकिङ कारोवारको शुभारम्भ भएकोे घोषणा गर्नु भएको थियो ।

कार्यक्रमको अन्तीम दिन उत्कृष्ठ कार्य सम्पादन गर्ने शाखाहरुलाई ूवर्षको उत्कृष्ठ शाखा सम्मानवाट पुरस्कृत गरिएको थियो भने केन्द्रीय तथा प्रादेशीक स्तरका उत्कृष्ठ कर्मचारीहरुलार्इू वर्षको उत्कृष्ठ कर्मचारी उपाधिवाट सम्मान तथा पुरष्कृत गरिएको थियो ।

३ दिने कार्यक्रम समापन गर्दै संचालक समितिका अध्यक्ष श्री जीवन प्रकाश लिम्बुले संस्थाको समग्र उपलब्धिमा कर्मचारीको विशेष योगदान रहने भएकोले त्यसमा निरन्तर लागी रहन आग्रह गर्नुभएको थियो । लक्ष्मी लघुवित्तलाई एउटा उत्कृष्ठ लघुवित्त संस्था वनाउन आवश्यक सहयोग गर्न सञ्चालक समिति र लक्ष्मी वैंक प्रतिवद्ध रहेको कुरा पनि अध्यक्षले जानकारी गराउनु भएको थियो ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २०७८ कार्तिक मसान्त सम्ममा ५५ वटा जिल्लामा आफ्नो कारोबार संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहकवर्गहरुलाई लक्षित गर्दै ९६ हजार ग्राहकवर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स