27.1 C
Kathmandu
Monday, June 5, 2023

महालक्ष्मी विकास बैँकद्धारा टोखा नगरपालिका ९ लाई पानि ट्यांकि सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैँकको गंगबु शाखाले टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक सौचालयलाई २ हजार लिटरको २ वटा पानि ट्यांकि हस्तान्तरण गरेको छ । बैँकले वित्तिय साक्षरता ताथ सामाजिक उत्तरदाइत्व अन्तर्गत उक्त सामाग्रि हस्तान्तरण गरिएको हो ।

बैकले आर्जन गरेको नाफाबाट २ प्रतिशत रकम समाजको लागि योगदान दिने भएकाले वडामा रहेको समस्यालाई मध्यनजर गर्दै पानि ट्याकिं हस्तान्तरण गरेको महालक्ष्मि विकास बैँक गंगबुका शाखा प्रमुख चेतराज पाण्डेले बताउनुभयो । समाज सँगै सहकार्य गरेर बैक सञ्चालन गरिने भएकाले बैकले नाफामुलक मात्र नभइ समाजका लागि पनि योगदान दिनुपर्ने उहाँको भनाइ थियो ।

यस्तै टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिले सरकारले मात्रै विकास निर्माणका सबै काम गर्न नसक्ने भएकाले यस्ता विभिन्न संघसंस्थाले पनि सहयोग गरेमा समृद्ध वडा निर्माण गर्न सकिने बताउनुभयो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स