29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

क्लासिकटेकको आउटलेट अब पोखराको लेखनाथमा पनि

पोखरा। नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेक प्रालिले आफ्नो नयाँ आउटलेट पोखराको लेखनाथमा विस्तार गरेको छ । कम्पनीले पोखराको लेखनाथमा आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्नो नयाँ आउटलेट संचालनमा ल्याएको हो ।

कम्पनीले लेखनाथ आसपासका ठाउँहरुमा सेवासुबिधा बढाउने उद्धेश्यले थप सेवा विस्तार गरेको हो । क्लासिकटेकले कोरोना महामारीको समय अनि लकडाउन पछिको छोटो समयमै तिब्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट विस्तार गर्दै गएको छ ।

आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट, फाइबर स्टाफ र मार्केटिंगस्टाफ राखिएको छ । कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ । कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवाहरु प्नि दिँदै आईरहेको छ ।

अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा तिब्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवादिनेउद्धेश्यले पोखराको लेखनाथमा आउटलेट विस्तार गरेको हो । कम्पनीले तूफान अफर अन्तर्गत ५० एमबिपिएस स्पीडको इन्टरनेट केबल ११५४ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ । जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुबिधा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स