24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सुर्खेतमा शिवशिखरको एटिएम सेवा सञ्चालनमा

सुर्खेत । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० मा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमकावीच वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले एटिएम सेवा सञ्चालनको शुभारम्भ गर्नुभयो ।

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफना सदस्यलाई प्रविधिमैत्री बनाउनेउदेश्यले एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिएम सेवा शुभारम्भ गर्दै नगरप्रमुख सुवेदीले सहकारीले सञ्चालन गर्ने यस्ता प्रविधिमैत्री सेवाले नागरिकलाई सर्वसुलभ र सहज सेवा लिन सहयोग पुग्ने बताउनु भयो ।

मुलुकका विभिन्न २४ स्थानमा आफना सेवा केन्द्र विस्तार गरेको यो सहकारीले सेयरसदस्यलाई सरल र सहज वित्तिय सेवा दिन यस अगाडी नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ । हाल मोबाइल एपका ४ हजार भन्दा बढि प्रयोगकर्ता रहेको सहकारीले जानकारी दिएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार आफना सेवा केन्द्र रहेका सवै स्थानमा एटिएम सेवा विस्तार गर्ने संस्थाको योजना रहेको छ । त्यहि योजना अनुसारसुर्खेतमा एटिएम सेवा सञ्चालनमा ल्याइएको हो ।सञ्चालनमा ल्याइएको संस्थाको पाँचौ एटिएम काउन्टर हो ।यो महिना भित्र विभिन्न १३ वटा सेवा केन्द्रमा एटिएम सेवा सञ्चालनमा ल्याइने संस्थाका प्रमुख कार्यकारी अधिकृत गौतमले जानकारी दिनुभयो ।

यसअघि नै भक्तपुरको कमलविनायक, कास्किको पोखरा पस्र्याङ, चितवनको टाँडी र बाँकेको नेपालगञ्जमा एटिएम सेवा सञ्चालनमा आइसकेको छ । उपभोक्ताले शिवशिखर बहुउद्देश्यीय सहकारीको एटिएम प्रयोग गरेर मुलुका सवै बैंक तथा वित्तिय संस्थाका एटिम काउन्टरबाट पनि वित्तिय सेवा लिन सक्ने छन् । प्रमुख कार्यकारी अधिकृत गौतमका अनुसार भारतमा समेत यो कार्ड प्रयोगमा ल्याउन सकिने छ । उपभोक्ताले किनमेल गर्दा विभिन्न अनलाईन स्टोरहरुलाई समेत शिवशिखरको कार्ड मार्फत रकम भुक्तनी गर्न सक्ने बताइएको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले प्रविधि मैत्री सेवामा जोड दिदैआइरहेको छ । मोवाइल एप र एटिएम जस्ता प्रविधिको प्रयोगले सेवाग्राहीलाई सहज रुपमा वित्तिय सेवाको अवसर मिल्ने प्रमुख कार्यकारी अधिकृत गौतमले बताउनु भयो । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले निकट भविष्यमा ई टेलर ई ट्रान्जेक्सन लगायतका सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स