26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

२४ घण्टामा २११ संक्रमित थपिए, ३२९ जना संक्रमणमुक्त, २ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४५१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार १८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ९७ जना र १ हजार ४३३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १९ हजार २५५ पुगेको छ ।

कोरोना भाइरस कोभिड–१९को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय २९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०५ हजार ९०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४५१ जनाको परीक्षण हुँदा हालसम्म कुल ५४ लाख ४६ हजार ९३६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स