26.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

देशभरबाट मनसुन बाहिरियो

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । नौ दिन ढिलाइ गरे मंगलबार देखि देशभरबाट मनसुनी प्रणाली वाहिरिएको छ । असोज २२ गते सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाट वाहिरिन शुरु गरेको मनसुनी प्रणाली (मंगलबार) देखि पूर्ण रुपमा बाहिरिएको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

सरदरमा अक्टुवर दुई का दिन नेपालबाट मनसुन बाहिरिने अनुमान गरिएपछि मंगलबार मात्र मनसुनी प्रणाली नेपालबाट वाहिरिएको महाशाखाले विज्ञप्ती मार्फत जानकारी गराएको छ । सरदर समयलाई जल तथा मौसम विज्ञान विभागले १० वर्षपछि यो वर्ष नौ दिन पछि सारेर सेक्टेम्बर २३ बाट अक्टुवर दुई तारिखलाई कायम गरेको थियो ।

मनसुन वाहिरिएसँगै मंगलबार देशभर शुन्य बर्षा भएको छ । यस वर्ष ११५.५ प्रतिशत अर्थात १६२.।२ मिलिमिटर पानी परेको परेको छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष बढी बर्षा भएको महाशाखाले जनाएको छ ।

नेपालमा जेठ १५ देखि असोज १५ गते सम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मान्ने गरिन्छ । यस वर्ष जेठ २८ गतेबाट मनसुनी भित्रिएको थियो । यो अघिल्लो वर्ष भन्दा दुई दिन अघि हो ।

 

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स