29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मुलुकभर थप ७६४ जनामा कोरोना पुष्टि, १ हजार ३३ जना डिस्चार्ज,१० संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ८८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७ सय १५ जना र १ हजार २२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९३ हजार ८३६ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ६८८जनाको परीक्षण हुँदा हालसम्म कुल ४८ लाख ६९ हजार ४६५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स