29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

खाद्यले दशैंका लागि खसीबोका काठमाडौं भित्र्यायो, शनिबारदेखि बिक्री शुरु

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय ३१ खसीबोका काठमाडौं भित्राएको छ । हिजो तीन वटा ट्रकमा काठमाडौंका लागि दाङ र हेटौंडाबाट हिँडाइएको खसीबोका बिहान ३ बजे आइपुगेको कम्पनीका नायव प्रबन्ध निर्देशक श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

दाङबाट २२९ र हेटौंडाबाट ३०२ वटा खसीबोका काठमाडौं आइपुगेको छ भने थप आउने क्रममा रहेको छ कम्पनीले आज बैठक बसेर जिउँदो खसीबोकाको मूल्य तय गरेर शनिबारदेखि बिक्री थाल्ने भएको छ । । बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सहुलियतमा कम्पनीले खसीबोका बिक्री गर्ने छ । बजारमा जिउँदो खसी बोकाको मूल्य ५५० देखि ७५० रुपैयाँसम्म छ ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्यांग्रा बिक्री गर्दै आएको छ । तर, यस वर्ष भने खसीबोका मात्रै बिक्री गर्ने कम्पनीले जनाएको छ । महँगो भएकाले यस वर्ष च्यांग्रा बिक्री नगर्ने कम्पनीले जनाएको छ ।

गत वर्ष एक हजार खसीबोका र एक हजार च्यांग्रा बिक्री गरेको कम्पनीले यस वर्ष दुई हजार खसीबोका बिक्री गर्ने लक्ष्य राखेको छ । पहिलो चरणमा २ हजार खसीबोका ल्याउने र माग बढेमा भए थप एक हजार खसीबोका खरिद गर्ने कम्पनीले जनाएको छ ।

खसीबोका र च्यांग्रा खरिदका लागि कम्पनीले यो वर्ष ६ करोड रुपैयाँ बजेट छुट्टयाएको छ । बदशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ ।

चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले ३९ जिल्लाका ४३ स्थानबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरुमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्री वितरण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स