26.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

आज नयाँ बजेट ल्याउने लुम्बिनी सरकारको तयारि

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

रुपन्देहि। लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत आज नयाँ बजेट ल्याउँदै छ। आज दिउँसो एक बजे बस्ने लुम्बिनी प्रदेश सभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो।

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले चालु आर्थिक वर्ष ०७८/०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो। प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो।

तर, २८ साउनमा माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वमा कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाही समेतको गठबन्धन सरकार बनेपछि बजेट कार्यान्वयन हुन सकेको थिएन।

प्रदेश सभाको प्रमुख विपक्षी दल एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले आजको बैठक पनि अवरुद्ध पार्ने बताउनुभयो। एमालेले स्वतन्त्र सांसद अजय शाही र गत १९ वैशाखमा माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई आफ्ना सांसद दावी गर्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स