24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

थप ९६८ जनामा कोरोना संक्रमण, १,११४ जना संक्रमणमुक्त, ६ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ९सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ५८२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७ सय ६२ जना र ४ हजार ४६० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९१ हजार २२४ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय १४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७१ हजार ३३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार ४२ जनाको परीक्षण हुँदा हालसम्म कुल ४८ लाख ४२ हजार ६४० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स