29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

३३ किलो सुनकाण्डमा गोरेसहित ८ जनालाई सजाय, ४८ले पाए सफाइ

विराटनगर । ३३ किलो सुनकाण्डमा गोरेसहित ८ जनालाई जिल्ला अदालत, मोरङले दोषी ठहर गरेको छ । गोरेलाई जन्मकैदको सजाय सुनाइएको छ । न्यायाधीश भरत लम्लासको इजलासले गोरेलाई जन्मकैदको सजायसहित ८ जनालाई दोषी ठहर गरेको छ ।

बाँकी ४८ जनाले भने सफाइ पाएका छन् । जिल्ला अदालत, मोरङले मंगलबार भरिया सनम हत्या प्रकरण र सुन तस्करीमा मुछिएका सबै प्रहरीले सफाइ दिएको छ ।

सफाइ पाउने प्रहरीहरुमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले सफाइ पाएका छन् ।

साथै, यस प्रकरणमा फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिएका छन् । ३३ किलो सुन गायब भएपछि २०७४ सालमा मोरङमा सनम शाक्यको हत्या भएपछि यो घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स