24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

भाडा नबढेपछि सार्वजनिक बस व्यवसायी हड्तालमा

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सवारी भाडा नबढेको भन्दै सार्वजनिक बस व्यवसायीहरु हड्तालमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै उनीहरु हड्तालमा उत्रेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता संजीव शर्मा दासले जानकारि दिनुभयो।

चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायत बस व्यवसायी आन्दोलनमा छन् । तेलको मूल्य ८० रुपियाँबाट ११३ पुग्दा पनि १५ रुपियाँ भाडा कायम रहेकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको बस व्यवसायीहरुको भनाइ छ ।

पटकपटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि बागमती प्रदेश सरकारले वास्ता नगरेपछि व्यवसायीहरू आक्रोशित बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

आफूहरुले सबै प्रदेश र सम्बन्धित स्थानीय तहमा भाडा समायोजनका लागि लिखित आग्रह गरेपनि सुनुवाई नभएको उहाँको भनाइ छ । प्रदशे सरकारले भाडा नबढाए चोक९चोकमा सवारी तेस्र्याएर आन्दोलन गर्ने महासंघको चेतावनी छ ।

संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको गत असार २७ गते २८ प्रतिशतसम्म भाडा बढाए पनि छोटो दूरीमा चल्ने सवारीको भाडा वृद्धि भएको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स