24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

थप १ हजार ६६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्‍यु, ९ सय ३८ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३६८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ११३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ९८ जना र ३ हजार २५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८७ हजार ६८० पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ३८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ६६ हजार ६९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ३६८ जनाको परीक्षण हुँदा हालसम्म कुल ४७ लाख ९६ हजार ५८५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स