24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

काठमाडौंमा मेला, महोत्सव, जुलुस गर्न प्रतिबन्ध

काठमाडौं । काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला महोत्स र सभा जुलुस आदि गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि सो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।

कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको प्रजिअ रिजालद्वारा जारी आदेशमा उल्लेख छ । नजिकिँदै गरेको चाडपर्वको समयमा बढी भीडभाड एवं जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधारण सचेत रहन आदेशमा भनिएको छ ।

साथै प्रशासनले आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न आग्रह गरेको छ । सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने आदेश पनि भएको छ ।

वित्तिय संस्थालाई अनलाइनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत प्रशासनले आदेश दिएको छ । उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै संचालन गर्न समेत आदेश दिइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स