29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

थप ८३४ जनामा कोरोना संक्रमण, १ हजार २७९ संक्रमणमुक्त,९ जनाको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा ८३४ जना कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ७ सय ३६ जनाको नमूना परीक्षण गर्दा ८३४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा १२७९ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ

नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १९ हजार १ सय ४२ रहेको छ

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स