24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

देशभर थप १ हजार ५६२ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार २६६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ६६ हजार ९०५ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५८९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ४४३ जनाको परीक्षण हुँदा हालसम्म कुल ४५ लाख ६५ हजार ०२४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स