29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मुलुकभर १ हजार १४६ जनामा कोरोना पुष्टि, २१ को मृत्यु,१ हजार ६६० संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९१६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५४९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ६१ जना र २ हजार ३६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ९१६ जनाको परीक्षण हुँदा हालसम्म कुल ४५ लाख १३ हजार १८४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स