24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

दसैँका लागि खसीबोका तथा च्याङ्ग्रा किन्ने खाद्य कम्पनीको तयारि

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि खसीबोका तथा च्याङ्ग्रा किन्ने तयारी गरेको छ । यो वर्ष पनि कम्पनीले गत वर्षकै हाराहारीमा खसीबोका तथा च्याङ्ग्रा किन्ने तयारी गरिरहेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो।

कम्पनीले गत वर्ष ३ हजार खसीबोका र १४ सय च्याङ्ग्रा ल्याएको थियो । यो वर्ष पनि सोही संख्या बराबरको खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी भएको उहाँले बताउनुभयो । । ‘ठ्याक्कै कति ल्याउने भनेर यकिन चैँ भइसकेको छैन । तर गएको वर्षकै हाराहारीमा खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारीमा जुटेका छौँ’ उहाँले भन्नुभयो,‘कहाँबाट कति कति ल्याउने रु कहिलेदेखि बिक्री गर्ने भनेर हामी छलफल गरिरहेका छौँ ।’

कम्पनीले हरेक वर्ष बजार मूल्य निर्धारण गर्नका लागि चाडपर्वको समयमा सहुलियत बजार सञ्चालन गर्दै आएका छन् । त्यसैले कम्पनीले हरेक वर्ष कृषकमार्फत खसीबोका र च्याङ्ग्रा खरिद गरी उपत्यकावासीलाई आपूर्ति गर्दै आएका छन् । सरकारले सहुलियत बजार असोज १ गर्नेदेखि सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईको संयोजकत्वमा बसेको बैठकले दसैँ, तिहार र छठ पर्वलक्षित सहुलियत पसल असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो । ३९ स्थानमा सञ्चालनमा आउने सहुलियत पसल असोज १ गतेदेखि कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ।

दसैँमा अत्यावश्यक वस्तुमा छुट दिनका लागि मन्त्रालयले खाद्य कम्पनीलाई एक करोड ७५ लाख र कर्पोरेसनलाई एक करोड ५० लाख रुपैयाँ छुटाएको छ । चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिनका लागि सरकारले प्रत्येक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनी र कर्पोरेसनका उपत्यकासँगै मुलुकभर रहेका आफ्ना बिक्री केन्द्रमार्फत छुट मूल्यमा खाद्यान्न बिक्री गरिनेछ ।

चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुँदा निजी क्षेत्रले अस्वाभाविक मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । दसैँमा निजी क्षेत्रले पनि सुपथ मूल्यमा सामान बिक्री गर्ने गर्छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स