24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

देशभर १ हजार ७५६ जना कोरोना संक्रमित थपिए, २ हजार २७४ जना संक्रमणमुक्त,२३ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २२४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ७७३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ३५७ जना र ४ हजार ५६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २७४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख २३ हजार ४५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३३४ जनाको परीक्षण हुँदा हालसम्म कुल ४४ लाख २८ हजार ०१० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स