24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

१ हजार ६१९ कोरोना सङ्क्रमित थपिए, १६ जनाको मृत्यु, १ हजार ८४६ संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६५० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६१९ जना र ३ हजार ९९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ५० हजार २०८ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८४६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ६५० जनाको परीक्षण हुँदा हालसम्म कुल ४४ लाख १३ हजार ६७६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स