26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

१ हजार ९०२ कोरोना सङ्क्रमित थपिए, २ हजार ८०८ कोरोनामुक्त, १६ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार २३३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ८९२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९०२ जना र ४ हजार ३४१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ४४ हजार ४८८ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार २३३ जनाको परीक्षण हुँदा हालसम्म कुल ४३ लाख ७१ हजार ८६९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स