24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

मुलुकभर थप १ हजार ३८८ जनामा कोरोना पुष्टि, थप २४ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा एक हजार २१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ५९ हजार २२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २६० जना कोरोनामुक्त भएका छन् । हालसम्म सात लाख १२ हजार ७१२ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७१४ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स