26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

देशभर २ हजार ५६ जना कोरोना संक्रमित थपिए, २ हजार ३३७ जना डिस्चार्ज, २५ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ३६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ३३७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ०८ हजार २३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ११७ जनाको परीक्षण हुँदा हालसम्म कुल ४३ लाख ३२ हजार १६३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स