30.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

देशभर दुई हजार ५२ संक्रमित थपिए, २६ जनाको मृत्यु

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ५२ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा नौ हजार ७०२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ५२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ५४ हजार ९१५ पुगेका छन् । हालसम्म ३८ लाख ६८ हजार ७१७ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ३८ हजार ३८४ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा एक हजार ९२९ जना कोरोनामुक्त भएका छन् । हालसम्म सात लाख पाँच हजार ८९३ जना निको भएका छन् ।

गएको चौबीस घण्टामा २६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म दश हजार ६३८ जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ७० हजार २६ डोज खोप लगाइएको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स