29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मुलुकभर ३ हजार २७४ जनामा कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६८९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ५६५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख १४ हजार १२७ पुगेको छ ।

कोरोना भाइरस कोभिड–१९को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ८७ हजार ०६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १७ हजार ६८९ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४१ लाख ८६ हजार ७२५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स