26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बाटो बिग्रिएर उपत्यकाको फोहोर उठेन : घरबाट फोहोर ननिकाल्न महानगरको आदेश

काठमाडौँ । वर्षाले बाटो बिग्रिएरपछि काठमाडौँ उपत्यकाको फोहोर उठाउने काम अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकाको फोहोर फाल्ने ठाउँ नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल साइट जाने बाटो बिग्रिएर फोहोर फाल्ने काम अवरुद्ध भएको हो ।

काठमाडौँ महानगर प्रहरी प्रमुख पूर्णचन्द्र भट्टका अनुसार वर्षाले बाटो विगारेकाले फोहोर फाल्ने ठाउँसम्म गाडी पुग्न सकेको छैन । काठमाडौँबाट फोहोर उठाएर फाल्न गएको गाडी बाटोमै उभिएको छ । फोहर विसर्जन हुँदै आएको स्थान सिसडोलमा सडकको काम गुणस्तरीय नभएको भन्दै स्थानीयवासीले आफ्नो घर अगाडि फोहोर बोकेको गाडी रोकेर दुर्गन्घ फैलाएको आरोप लगाएका छन् ।

वातावरण विभागकी प्रमुख सरिता राईले सिसडोलमा फोहोरको पहाड छभएको र त्यसलाई व्यवस्थापन गर्न हिले पानी परेर काम गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो,“ ” फोहोर व्यवस्थापनको लागि प्रयाप्त ठाउँ नहुँदा बेला बेलामा समस्या उत्पन्न हुने गरेको उहाँले बताउनुभयो,“यस्तो बेला जति सक्यो चाडै फोहोर व्यवस्थापन गर्नुपर्छ, दुर्गन्ध फैलिंदा संक्रमण फैलिने संम्भावना हुन्छ, कोरोना महामारीको समय छ, हामी सबै जना सचेत हुन आवश्यक छ ।” उहाँले स्वास्थ्यलाई फोहोरले नराम्रो असर गर्न सक्नेतर्फ औल्याउनुभयो ।

डिएसपी भट्टका अनुसार काठमाडौँबाट फोहर बोकेर करीब एक सय वटा गाडी अहिले सिसडोल वर रोकिएका छन् । काठमाडौं उपत्यकामा दैनिक उत्पादन हुने एक हजार ५०० भन्दा बढी टन फोहरको विसर्जन सिसडोलमा गरिँदै आएको छ ।

यसैबिच फोहोर व्यवस्थापनमा पटक पटक लाचार बन्दै आएको काठमाडौं महानगरपालिकाले नगरबासीलाई सूचना जारी गरेर घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको छ । महानगरको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकाले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स