29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

देशभर थप २ हजार २१२ जनामा कोरोना पुष्टि, ३३ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १०६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ०७ हजार ४०२ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८६७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार १०६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४१ लाख ५३ हजार ४२५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स