27.1 C
Kathmandu
Saturday, September 30, 2023

तारकेश्वर र टोखा नगरपालिकाका कर्मचारी बीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा तारकेश्वर विजयि

काठमाडौँ । तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाका कर्मचारी बीच  भएको मैत्रीपूर्ण जि फो फुटसल प्रतियोगितामा तारकेश्वर नगरपालिका प्रथम भएको छ । श्रावण ३० गते शनिबार भएको मैत्रीपूर्ण जि फो फुटसल प्रतियोगितामा टोखा नगरपालिकालाइ ४ गोलमा पराजित गर्दै ६ गोल सहित तारकेश्वर नगरपालिका प्रथम हुन सफल भएको हो ।

टोखा नगरपालिकाका आदरणीय नगर प्रमुख प्रकाश अधिकारी तथा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालले संयुक्त रुपमा एकअर्का टिममा पालैपालो पेनाल्टी हानेर १—१ गोल बनाउदै खेलको शुभारम्भ गर्नुभएको थियो ।

यस अन्तर नगरपालिकास्तरीय मैत्रीपूर्ण प्रतियोगितामा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, तारकेश्वर नगरपालिकाका नगर उप प्रमुख भवानी डोटेल धिताल, तारकेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल, टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य लगायतको उपस्थिति रहेको थियो ।

उहाँहरुले प्रतियोगिता अवधिभर खेलमा आफ्नो दमदार प्रस्तुति सहित सहभागी बनी खेलाडी साथीहरूको मनोबल उच्च राख्नुका साथसाथै आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्नुभएको थियोे ।

तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाले उपस्थित लगायत सम्पूर्ण खेलाडीहरुमा हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स