26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

आज मौद्रिक नीति सार्वजनिक गरिँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र०७९ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकले मौद्रिक नीति अनुमोदन गरेमा सम्भवतः आजै दिउँसो सार्वजनिक गरिने तयारी केन्द्रीय बैंकले गरेको छ ।

सरकार परिवर्तनसँगै बजेट संशोधनमा भएको ढिलाइ एवं सरकारले समेत पूर्णता नपाउँदा मौद्रिक नीति ल्याउन ढिलाइ भएको हो । प्रतिस्थापन विधेयकमार्फत् सरकारले बजेट संशोधन गर्ने तयारी गरिरहेको छ । तर केन्द्रीय बैंकले अब यसलाई धेरै नकुर्ने भएको हो ।

सरकारमा सहभागी दलहरुको साझा न्यूनतम कार्यक्रम आएको छ । त्यसैलाई आधार बनाएर केन्द्रीय बैंंकले मौद्रिक नीति सार्वजनिक गर्ने जनाइएको छ । महत्वपूर्ण विषयमा केन्द्रीय बैंकले यसअघि नै सर्कुलर जारी गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स