29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पालिका जोड्ने सडक कालोपत्रेको काम प्रदेश सरकारले गर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहहरुलाई आपसमा जोड्ने सडक कालोपत्रेको काम प्रदेश सरकारले गर्ने बताउनुभएको छ ।

बिहीबार राष्ट्रियसभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले आफु अर्थमन्त्री भएको तेस्रो दिनमा नै त्यसलाई प्रदेशले नै सञ्चालन गर्न पाउने गरी स्वीकृत गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘पालिकाहरुलाई जोड्ने सडक कालोपत्रे गर्ने योजना कहाँ गयो ? भनेर खोज्दा प्रदेशले सञ्चालन गर्नुपर्छ र संघले सञ्चालन गर्नुपर्छ भन्ने लडाइँको कारण फाइल रोकिएको रहेछ । बाटो बनिसक्ने समय अवधिसम्म त्यसलाई अगाडि नबढाइरहेको मैले पाएँ ।’ मन्त्री शर्माका अनुसार यो योजनाको बजेट ७६—७७ अर्ब छ र यो दाताबाट लिएको सफ्ट लोनबाट प्राप्त बजेट हो ।

अघिल्लो सरकारले यस्ता सडक तीन तहको समन्वयमा सञ्चालन गर्ने योजना ल्याएको थियो । तर संघीय सरकार र प्रदेश कसले बजेट विनियोजन गर्ने भन्ने विवादका कारण यो योजना नै अलपत्र परेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स