27.1 C
Kathmandu
Tuesday, September 26, 2023

कैलालीमा आन्तरिक राजस्व विभागको स्टिकरसहित ५ जना पक्राउ

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका ७ बाट आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर रोल ७७,७० यूपी ३०० एमएल लेखिएको छाप ३ थान , ३ थान स्ट्याम प्याड र मसीसहित पाँच जनालाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा बस्ने १९ वर्षीय संजित कुमार, सोही ठाउँ बस्ने २० वर्षीय रिङ्कु कुमार, २२ वर्षीय सुरेश कुमार, रौतहट गरुडा नगरपालिका १ जयनगर बस्ने ४० वर्षीय राज कुमार शाह र पर्सा वीरगंज नगरपालिका १३ घन्टाघर बस्ने ५५ वर्षीय विजय गुप्ता रहेको कैलाली प्रहरीले जनाएको छ ।

संजित कुमारले चलाएको ना ३२ प ६२८१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ३ वटा कार्टुनभित्र आन्तरिक राजस्व विभाग लेखिएको उक्त स्टिकर फेला पारी संजित र मोटरसाइकलमा सवार रिङ्कुलाई पक्राउ गरेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टिकरका रोलहरूमध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नम्बर भएका स्टिकर पटक पटक दोहोरिएको पाइएको र उक्त स्टिकर गौरीगंगा नगरपालिका ७ मसुरियास्थित वेष्टर्न लिकर्स प्रालिबाट ल्याई उनीहरू बस्ने कोठामा छाप लगाउन लैजान लागेको भन्ने खुल्न आएपछि उनीहरू बस्ने कोठामा तलासी गर्दा छाप, स्ट्याम प्याड र मसीसमेत फेला पारी बरामद कोठामा रहेका राज कुमार, विजय र सुरेश कुमारलाई पक्राउ गरेको हो ।

आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको संयुक्त टोलीले उक्त वेष्टर्न लिकर्स प्रालिमा स्टिकर भण्डारण गरिएको कोठा सिल गरी आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीबाट थप अनुसन्धान भइरहेको छ । उनीहरूलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीमा पठाइने उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स