24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बागलुङमा अत्यावश्यक बाहेकका सबै सेवा १० दिनका लागि बन्द

बाग्लुङ । केही सातायता खुकुलो बनाइएको बागलुङ जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाका धेरै समुदायमा फेरि संक्रमण फैलिएको र सक्रिय संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले तत्काल रोकथामका लागि जिल्लाभर निषेधाज्ञा कडा पार्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिनुभयो ।

बैठकले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी आगामी भदौ ५ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको समयमा बैंक, वित्तीय संस्था, जिल्ला भित्रको यातायात पूर्णरुपमा बन्द हुनेछ । बैठकले दैनिक उपभोग्य खाद्यान्न पसल भने आइतबार,बुधबार र शुक्रबार बिहान १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले लोकसेवा, टीयूका परीक्षा, विद्यालयको परीक्षा भने सम्बन्धित शैक्षिक संस्था समन्वय गरेर मात्र सञ्चालन गर्न दिने गौतमले बताउनुभयो । गत वैशाखदेखि सुरु गरिएको लकडाउनमा असार मध्यदेखि केही खुकुलो बनाइँदै लगिएको थियो । तर, खुकुलोपन बढेसँगै कोरोना संक्रमण दर उल्लेख्य बढेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ४१ पुगेको छ ।

बागलुङ नगरपालिकामा मात्रै ३ सय ६ जना संक्रमित पुगेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारि दिनुभयो । पछिल्लो समय लकडाउन खुकुलो बनाइएको र नागरिकले स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा बेवास्ता गर्दा संक्रमण दर तीब्र गतिमा बढेको उहााको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स