25.1 C
Kathmandu
Saturday, April 13, 2024
spot_img

छाडा चौपाया नेपालगञ्जका लागि ठूलो चुनौती बन्दै

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयका लागि छाडा पशुचौपाया ठूलो चुनौतीको विषय बन्ने गरेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन, गल्लीगल्लीमा सयौँको सङ्ख्यामा भेट्न सकिन्छ ।

झण्डै दुई वर्षअघि नेपालगञ्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यो घटनाले त्यसबखत देशैभरि उपमहानगरपालिकाको आलोचनासमेत भएको थियो ।

यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको निर्णय आलोचित बनेको थियो । अहिले उपमहानगरपालिकाले नेपालगञ्जको पुरैनीको खुल्ला स्थानमा तारवार गरी चौपाया थुन्ने गरेको छ । तथापि, बजारमा छाडिने छाडा चौपाया व्यवस्थापनको चुनौतीको अन्त्य भने हुन सकेको छैन ।

नेपालगञ्जको फुलटेक्रामा सानो आकारको कान्जी हाउसमा सबै छाडा चाौपाया नअट्ने भएपछि पुरैनको खाली जग्गामा खुलारुपमा छाडा चौपाया थुन्ने गरिएको नगर प्रमुख डा.धवलशम्शेर राणाको भनाइ छ तर, यति गर्दा पनि आफ्नो चौपाया छाडा छाड्ने नगरका पशुधनीको प्रवृत्ति भने जस्ताको त्यस्तै छ । नेपालगञ्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारि भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौँको सङ्ख्यामा पशु यता धपाउने गरिएको छ । वर्षात शुरु हुने समयमा खच्चर कारोवारीका रोगी, थाकेका, मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन बल्झिएको छ ।

छाडा चौपायाकै कारण नेपालगञ्जमा धेरै सवारी दुर्घटना पनि बढिरहेको छ । गत आर्थिक वर्षमा मानवीय क्षति नभए पनि १० वटा पशु चौपायाको ज्यान सडक दुर्घटनामा गएको प्रहरीले जनाएको छ । सडक दुर्घटनाबाट जोगिने उपाय अहिले ट्राफिक प्रहरीले खोजेको छ । ट्राफिक प्रहरीले छाडा पशुचौपायामा रिफ्लेक्टिभ स्टिकर टाँस्ने कार्यको शुरुआत आजबाट थालनी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख राजु भण्डारीले बताउनुभयो ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स