26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

१० हजार ६६ मा कोरोना परीक्षण गर्दा १ हजार ८७५ मा कोरोना संक्रमण : २१ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ८५८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ३१० जना र ३ हजार २०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १४ हजार २४८ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ६४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ६६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३७ लाख २२ हजार ८ सय ८८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स