24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

छोटोदुरीका सावारीको भाडा तत्काल बृद्धि नहुने

काठमाडौं। सरकारले लामोदुरीमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरे पनि छोटो दुरीका यातयातको भाडा भने तत्काल समायोजन नहुने भएको छ ।

असार २७ गते मन्त्रीस्तरी निर्णयबाट एक प्रदेशबाट अर्को प्रदेशमा पुग्नेसम्मका लामो तथा मध्यम दुरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बृद्धि गरेको थियो । उक्त निर्णय मंगलबार देखिनै लागु भएको छ तर छोटो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भने तत्काल भाडा बृद्धि नहुने नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव पुन्यप्रसाद सिटौला जानकारी दिनुभयो ।

सरकारले नौवर्ष पछि पहिलो पटक सार्वजनिक यातायातमा भाडा समायोजन गरेको भन्दै छोटो दुरीको पनि थप छलफल गरेर भाडा बृद्धि गर्न सरकारसँग माग राख्ने पक्षमा छांै तर तत्कालै भाडा बृद्धि हुदैन उहाँले भन्नुभयो । सरकारले २०६५ चैत २० गते देखि बैज्ञानिक भाडा निर्धारण प्रक्रिया शुरु गरेको थियो । यसमा ३५ प्रतिशत पेट्रोलियम पदार्थको मुल्यबृद्धि र बाँकी मजदुर, लुब्रिकेन्ट, टायर, बैंक व्याज लगायतबाट ६५ प्रतिशतलाई आधारमानी भाडा समायोजन गर्नु पर्ने भए पनि हालसम्म हुन नसकेको व्यवसायीहरुको भनाई छ ।

२०६९ साल पछि पहिलो पटक सरकारले भाडा समायोजन भएको भन्दै व्यवसायीहरुले विहीबार विज्ञप्तिनै प्रकाशन गरी निर्णयको स्वागत समेत गरेका छन् । सरकारले अन्तरप्रदेश सञ्चालन हुने यातायातमा २८, पहाडी रुटमा गुड्ने मालबहाक यातायातमा २० र तराई क्षेत्रका रुटमा गुड्ने सवारीसाधनमा २६ प्रतिशतकादरले भाडा समायोजन गरेको छ ।

कोरोना महामारीका कारण दुई वर्ष यतादेखि सार्वजनिक सवारीसाधन चल्न नसक्दा यातायात व्यवसायीहरु मर्कामा परेको भन्दै यातायात मजदुरलाई राहतको व्यवस्था देखि व्यवसायीलाई सहुलियत दिन भन्दै सरकारसँग माग गर्दै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स