29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका सिडिओहरुको बैठक बस्दै

काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

बैठकमा लामो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालनका सम्बन्धमा पनि छलफल हुने उनले बताए । उनले भने, ‘लामो दुरीका सवारी साधनबारे पनि छलफल हुन्छ, ‘लामो दुरीका गाडीबारे पनि छलफल हुन्छ, तर के गर्ने भन्ने एकिन छैन ।’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने कि भन्ने विषयमा छलफल हुने बताए ।

स्रोतका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर लामो दुरीका सवारी साधन जोरबिजोर प्रणालीका आधारमा चलाउन दिनेबारे प्रजिअहरुबीच छलफल भइरहेको छ । ‘चलाउने कि नचलाउने, चलाउन दिने भए कसरी चलाउने भन्ने विषयमा छलफल हुन्छ,’ स्रोतले भन्यो ।

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा यसअघि लगाइएको जोरबिजोर प्रणालीको नियम हटाइसकिएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पासको व्यवस्था गरी उपत्यका भित्रिन दिइएको छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिंदैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स