24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

निवर्तमान प्रधानमन्त्री ओली स्कर्टिङ सहित बालुटारबाट बिदा

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छाड्नभएको छ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त हुनुभएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छाड्नुभएको हो ।

उहाँ बालुवाटारबाट निस्कँदा गेटदेखि नै अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको थियो । ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका छन्। । उनीहरूले गाडीमा केपी ओलीको डमी पनि बोकेका थिए । झन्डै ४१ महिनापछि बालुवाटारबाट बाहिरएका ओलीलाई कौशलटारमा नागरिक अभिनन्दन गरिने बताइएको छ ।

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त हुनुभएको थियो । देउवाले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै मंगलबार साँझ नै कार्यभार सम्हालि सक्नुभएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स